scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

अमेरिकी विरोध प्रदर्शनमा हलिउडका अभिनेतालाई लाग्यो गोली

एजेन्सी, २३ जेठ । ‘इनसिक्योर’ फिल्मका अभिनेता केन्ड्रिक सेम्पसनले क्यालिफोर्नियामा भएको विरोध प्रदर्शनमा आफू घाइते भएको बताएका छन् ।

फक्स न्युजका अनुसार ३२ वर्षे अभिनेता केन्ड्रिक पनि जर्ज फ्लाँयडको लागि न्याय माग्दै हजारौं मानिसहरुसँगै प्रहरीको बर्बरताको विरोधमा सडकमा उत्रिएका थिए ।

सेम्पसनले शनिबार इन्स्टाग्राममा लस एन्जलसमा भएको विरोध प्रदर्शनहरुको भिडियो साझा गरेका थिए । अभिनेताले आफूलाई रबरको गोली लागेको र प्रहरीले आफूलाई डण्डाले पिटेको बताएका छन् ।

एक भिडियोमा सेम्पसनले प्रहरीले आफूलाई चारपटक गोली हानेको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय