scheduleसोमवार आषाढ़ २९ गते, २०७७

ट्रम्पकी छोरी टिफानी पनि बाबुको विरोधमा उत्रिएपछि …


एजेन्सी, २३ जेठ । राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफानी ट्रम्प अहिले आफ्नै बुवाको विरुद्धमा छिन् । काला जातिमाथि हुँदै आएको नस्लीय भेदभावविरुद्ध दमनको नीति अख्तियार गर्ने बुवा ट्रम्पको प्रशासनविरुद्ध छोरी टिफानी लाखौं मानिसहरुको विरोध प्रदर्शनलाई समर्थन गरेकी हुन् ।

गत हप्ता अमेरिकामा अश्वेत व्याक्ति जर्ज फ्लाँयडको मृत्युपछि अहिले त्यहाँ व्यापक हिंसात्मक प्रदर्शनहरु भइरहेका छन् ।

विरोध प्रदर्शनका कारण अहिले ४० शहरहरुमा कर्फ्यू जारी गरिएको छ । यद्यपि सडकमा विरोधको लहर थामिएको छैन ।

टिफानीले इन्स्टाग्राममा एउटा कालो तस्वीर पोस्ट गरेकी छन् । साथै उनले क्याप्सनमा ह्यासट्याग ब्ल्याक आउट ट्युसडे र ह्यासट्याग जस्टिस फर जर्ज फ्लाँयड लेखेकी छिन् । साथै उनले लेखेकी छिन्, ‘एक्लैले हामी थोरै हासिल गर्छौं, एकसाथ धेरै कुरा हासिल गर्न सक्छौं ।’

ट्रम्पकी वकील छोरी टिफानीको यो सन्देश तब सामाजिक सञ्जालमा बाहिर आएको थियो जब राजधानी ह्वाइट हाउसको बाहिर प्रदर्शनकारीलाई नियन्त्रण गर्नका लागि प्रहरी अश्रु ग्याँस प्रयोग गरिरहेका थिए ।

यस्तै डोनाल्ड ट्रम्पकी दोस्रो श्रीमती टिफानीकी आमा मार्ला म्यापल्सले पनि प्रदर्शनकारीहरुको समर्थन गरेकी छिन् ।

धेरैले टिफानीले यस बारेमा आफ्ना बुवा ट्रम्पसँग कुरा गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

अमेरिकी सोसल मिडियामा अहिले ह्यासट्याग ब्ल्याकआउट ट्युसडे निकै लोकप्रिय बनिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय