scheduleआइतवार आषाढ़ २८ गते, २०७७

मजदूरकी प्रतिभावान छोरीले अनलाइन क्लास लिन नपाएपछि गरिन् आत्महत्या


एजेन्सी, २३ जेठ । कोभिड १९ को संकटका कारण अहिले विश्वभरका शैक्षिक संस्थाहरु अनलाइन क्लासबाट पठनपाठनलाई निरन्तरता दिइरहेका छन् ।

यसबीच अनलाइन क्लास लिन नपाएपछि भारतको केरेला राज्यमा १४ वर्षकी एक बालिकाले आत्महत्या गरेकी छिन् ।

आत्महत्या गर्ने बालिका केरेलाको मालापुरम जिल्लास्थित इरुमबिलियम पञ्चायतको सरकारी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् ।

दलित कोलीनीमा रहेको आफ्नो घरदेखि करिब दुई सय किलोमिटर पर ती बालिकाले आफूमाथि नै आगो लगाएर आत्महत्या गरेकी थिइन् ।

विद्यालयका एक शिक्षकले बीबीसीसँग बताए अनुसार ती बालिका कक्षा आठमा अध्ययनरत अब्बल छात्रा थिइन् । उनी यसै वर्ष कक्षा नौमा पुगेकी थिइन् । बालिकाको बुवाआमाका अनुसार सात दिनसम्म चलेको ट्रायल अनलाइन कक्षाको बीच यो घटना घटेको हो ।

बालिकाको बुवा मजदूरीको काम गर्दथे । छोरीको अनलाइन क्लासका लागि उनीसँग स्मार्टफोन थिएन ।

बालिकाको बुवाको अनुसार अनलाइन क्लासमा उपस्थित हुन नपाएकोमा उनी निकै चिन्तित थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय