scheduleसोमवार आषाढ़ २९ गते, २०७७

काला जातिहरु यसरी तीन तरिकाले अमेरिकामा अन्यायमा छन्

एजेन्सी, २३ जेठ । अहिले अमेरिकामा भड्किरहेको हिंसाको आगोको कारण जर्ज फ्लाँयड एक्लो मृत्युको कारणले भएको होइन । यो त वर्षौंदेखि अमेरिकामा अश्वेत जातिहरुले भोग्दै आएको विभिन्न अन्याय र दुर्व्यवहारको एकमुस्ट प्रतिक्रिया हो ।

आज हामी तपाईलाई अमेरिकामा अश्वेत जातीमाथि हुने तीन किसिमका अन्यायका बारेमा बताउँदैछौं ।

१. अश्वेत अमेरिकीहरु प्रहरीको गोलीको शिकार बन्ने सम्भावना ज्यादा
आँकडाहरुका अनुसार प्रहरीको गोलीको शिकार हुने कूल मृतकहरुको संख्यामा काला अमेरिकी जातीहरुको अनुपात उच्च छ ।

आधिकारिक आँकडाको अनुसार २०१९ मा अफ्रिकी अमेरिकी मानिसहरुको संख्या अमेरिकाको कूल जनसंख्याको १४ प्रतिशत छ । २३ प्रतिशतभन्दा धेरै मामिलाहरुमा प्रहरीको शिकार अश्वेत अमेरिकी नागरिकहरु बन्ने गरेको पाइन्छ जसको हिसाब गर्दा हजार मामिला भन्दा धेरै छन् ।

२. ड्रग्सको मामिलामा गिरफ्तार हुनेमा अफ्रिकी अमेरिकी नागरिकको संख्या ज्यादा
सर्वेक्षणमा ड्रग्सको प्रयोग श्वेत तथा अश्वेत अमेरिकी नागरिक दुवैले उत्तिकै गर्ने पाइएको छ । यद्यपि श्वेतहरुको तुलनामा ड्रग्सको मामिलामा गिरफ्तार हुनेको संख्या अश्वेतहरुको धेरै छ ।

२०१८ मा करिब ७५० जना अमेरिकीहरु ड्रग्सको मामिलामा गिरफ्तार भएका थिए जसमा ३५० मात्र श्वेत अमेरिकी नागरिक थिए अन्य सबै अश्वेत नागरिक थिए । सेवनको आधारमा दुबै बराबर भए पनि गिरफ्तार हुने आंकडा हेर्दा ३ .७ प्रतिशतले अश्वेतहरु धेरै गरिफ्तार हुने गर्दछन् ।

३. अश्वेतहरुलाई धेरै जेल
हालै जारी भएको एउटा आँकडाको अनुसार अफ्रिकी अमेरिकी नागरिक गोराहरुको तुलनामा पाँच गुणा धेरै गिरफ्तार हुन्छन् भने हिस्प्यानिक अमेरिकीहरु दुई गुणा धेरै गिरफ्तार हुन्छन् ।

२०१८ को आंकडामा अमेरिकी जनसंख्यामा १३ प्रतिशत हिस्सा भए पनि जेलको हावा खानेमा यिनीहरुको संख्या एक तिहाई थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय