scheduleमगलवार आषाढ़ ३० गते, २०७७

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ, २३ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५को अधिकांश भागमा मध्यम वर्षा भैरहेको अवस्था छ।

दिउँसोः प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश ५, सु प प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भूभाग का केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सु प प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ को बाँकी भूभाग मा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय