scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

ब्राजिलमा कोरोना भाइरस, एकैदिन १ हजार ४९२ जनाभन्दा बढी संक्रमितको मृत्यु

काठमाडौँ, २३ जेठ । ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन १ हजार ४९२ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म ३४ हजार ४९ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । विहीबारमात्रै ३१ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

हालसम्म संक्रमितको संख्या ६ लाख १५ हजार पुगेको छ । त्यस्तै २ लाख ७४ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

सरकारले विज्ञहरुको सुझाव नमान्दा आज यो दिन देख्नु परेको अधिकारीहरुले बताएका छन् । तीब्र रुपमा कोरोना भाइरस फैलिएसँगै ब्राजिलमा भयावह स्थिति सिर्जना भएको छ ।

सरकारले यो महामारीको अवस्थामा उपचार पनि दिन नसकेको गुनासो उत्तिकै बाहिर आएको छ । त्यस्तै सरकारले सही समयमा सही निर्णय लिन नसक्दा ठुलो क्षति भोग्नु पर्ने अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय