scheduleआइतवार आषाढ़ २८ गते, २०७७

अमेरिकामा कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

काठमाडौँ, २३ जेठ । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन १०३१ जनाभन्दा बढीको मृत्यु भएको छ । केही दिन अगाडि अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको थियो । तर, पछिल्लो समय भने मृत्यु हुनेको संख्या अधिक रहेको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख १० हजार १७३ पुगेको छ ।

त्यस्तै विहीबार २२ हजार बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १९ लाख २४ हजारभन्दा बढी पुगेको छ ।

७ लाख ११ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १७ हजारको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाले यही जुन १६ देखि चीनसँगको हवाइ यात्रामा प्रविन्ध लगाउने चेतावनी दिएको छ । दुई देशबीच पछिल्लो समय बढ्दै गएको तनावका कारण अमेरिकाले चीनबाट हवाई यात्रामा रोक लगाउने चेतावनी दिएको हो ।

अमेरिकाले बेइजिङको व्यवहारका कारण चीनका हवाइ उडानमा प्रतिवन्ध लगाउनु परेको स्पष्ट पारेको छ । अमेरिकी यातायात कार्यालयका अनुसार लगातार अमेरिका उडान भरिरहेका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र हेनान् एयरलाइन्सलाई अमेरिकामा उडानमा प्रतिबन्धको तयारी गरेको बीबीसीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय