scheduleमगलवार आषाढ़ ३० गते, २०७७

भारतमा कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, २३ जेठ । भारतमा कोरोना भाइरसका कारण विहीबारमात्रै २७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ६ हजार ३६३ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार विहीबारमात्रै ९ हजार ८ सयभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म २ लाख २६ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै १ लाख ८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय