scheduleमगलवार आषाढ़ २३ गते, २०७७

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुग्यो

गण्डकी, २३ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुगेको हो । तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको हो ।

३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरुलाई तनहुँ कै अस्पतालमा आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको उनले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय