scheduleआइतवार आश्विन ११ गते, २०७७

सिन्धुलीमा थपिए दुईजना संक्रमित

सिन्धुली, २३ जेठ । सिन्धुली जिल्लामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका ११ का २३ वर्षीय र तिनपाटन गाउँपालिका ३ का २५ वर्षीय पुरुष रहेको सामाजिक विकास मन्त्रालयका कोभिड १९ फोकल पर्सन वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाइले जानकारी दिए ।

कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका उनिहरुमा बागमती प्रादेशीक अस्पताल हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यो सँगै सिन्धुलीमा संक्रमितको संख्या चार पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय