scheduleआइतवार आश्विन ११ गते, २०७७

‘निसर्ग’ आँधीबाट प्रभावित क्षेत्रको निरीक्षणमा जादैं मुख्यमन्त्री

मुम्बई, २३ जेठ । भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे त्यस क्षेत्रमा दुई दिन अघि आएको निसर्ग नामको आँधीबाट भएको क्षतिको निरीक्षणका लागि जाने भएको बताइएको छ ।

उनी शुक्रबार पुने जिल्लालगायतको क्षेत्रको निरीक्षणमा जान लागेको अधिकारीहरुले जनाएका छन् । उक्त राज्यमा यस आँधीबाट छ जनाको ज्यान गएको छ । अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।

महाराष्ट्र राज्यका पुनेलगायतका विभिन्न क्षेत्रमा आँधीबाट छ जनाको ज्यान गएको छ भने एक सय भन्दा बढी घर भत्किएका छन् । त्यस्तै कैयौँ व्यक्ति घाइते पनि भएका छन् । गत बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो । जसले गर्दा धेरै क्षति भने हुन पाएको थिएन ।

भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको थियो । त्यस लगत्तै महाराष्ट्रको तटीय क्षेत्रमा उद्धार कार्य गरिएको बताइएको थियो । यस पटक व्यापक सतर्कता र समयमै उद्धारका कारण ठूलो क्षति हुन नपाएको अधिकारीहरुले जानकारी दिएका छन् । मुख्यमन्त्री ठाकरेले सो राज्यमा आँधीबाट भएको क्षतिको बारेमा दुई दिन सरकारलाई जानकारी गराउन बिहिबार सूचना जारी गरेका थिए ।

यहाँको राज्य सरकारले उक्त आँधीबाट ज्यान गएको व्यक्तिको परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय