scheduleमगलवार आषाढ़ २३ गते, २०७७

सुदूरपश्चिम प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत

घोडाघोडी, २३ जेठ । सुदूरपश्चिम प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमलाई बहुमतले स्वीकृत गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले यही जेठ १९ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो । आजको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उपयुक्त सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रदेश सरकारलाई केही संयन्त्र अभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेको जिकिर गरे । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय