scheduleमगलवार आषाढ़ २३ गते, २०७७

भौतिक दुरी कायम गरी सर्लाहीमा बजार खोल्ने निर्णय

 

एसपी यादव/ सर्लाही,  २३  जेठ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण बन्द रहेको सर्लाहीका बजार आजदेखी खोल्ने निर्णय गरिएको छ ।

कोरोना भाइरस संक्रमणको वर्तमान अवस्थालाई मध्य नजर गर्दै नागरिकको जनजीवनलाई सामान्य बनाउनुपर्ने आवश्यकतालाई महसुस गर्दै अर्को निर्णय नभएसम्मका लागी भौतिक दुरी कायम गर्ने गरी बजार खुला गर्ने निर्णय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराएका छन् ।

शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्ग्वा बजारको हकमा औषधी, पेट्रोलियम पदार्थ र दुधजन्य पदार्थ विक्री गर्ने पसल लगायत बैंक तथा वित्तिय संस्था प्रत्येक दिन खुल्ला रहने निर्णय गरेको हो । भने खाद्य सामाग्री वितरण गर्ने पसलहरु आईतवार, सोमबार र मंगलवार बिहान १० बजेदेखि साझ ५ बजे सम्म खुला गर्ने निर्णय गरिएको छ । त्यस्तै होटल र मदिराजन्य पदार्थहरु विक्रि वितरण गर्ने पसलहरु बाहेकका अन्य पसलहरु बुधवार, बिहिवार र शुक्रवार बिहान १० बजेदेखि साझ ५ बजे सम्म खुला गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघ मलङ्ग्वाका अध्यक्ष बिरेन्द्र साहले जनाएका छन् ।

तरकारी बजारको हकमा मलङ्ग्वा नपाको वडा नं. ४ मा रहेको शिवसागर चौक र मलङ्ग्वा नपाको वडा नं. २ मा रहेको झण्डा बजारलाई साझ ४ बजेदेखि ७ बजे सम्म खुला गर्ने निर्णय गरिएको छ ।

जिल्लाको अन्य पालिकाहरुले पनि आ–आफ्नो अवस्थालाई ध्यानमा राखेर आवश्यक निर्णय गरि बजार व्यवस्थापन गर्नका लागि जिल्ला समन्वय समितिको कार्यालय मार्फत निर्देशन दिइसकेको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय