scheduleमगलवार आषाढ़ ३० गते, २०७७

कोरोना विरुद्ध लड्न अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

वासिङ्टन, २३ जेठ  ।  संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ ।

विदेशमन्त्री पोम्पेओले शरणार्थीहरु, जोखिममा परेका आप्रवासीहरु र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर १८ करोड अमेरिकी डलर प्रदान गर्न लागिएको जानकारी दिए ।

विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्तराज्य अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाताराष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा विगत २४ घण्टामा झण्डै १ लाख ३० हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै विश्वमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६४ लाख पुगेको छ भने तीन लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय