scheduleसोमवार आषाढ़ २९ गते, २०७७

थप ४३ जना कोरोनामुक्त, कुन जिल्लाका कति ?

काठमाडाैं, २३ जेठ । आज थप ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देबकोटाका अनुसार धरानमा उपचार गराइरहेका झापाका ३ जना, कोशी अस्पतालमा उपचार गराइरहेका विभिन्न जिल्लाका २७ जना र बाँकेमा उपचार गराइरहेका १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।

नेपालमा हालसम्म ३३३ जना उपचारपछि निको भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय