scheduleमगलवार आषाढ़ ३० गते, २०७७

फिजीले गर्‍यो कोरोना भाइरस मुक्त राष्ट्र घोषणा

काठमाडाैं, २३ वैशाख ।  फिजीले कोरोना भाइरस मुक्त भएको घोषणा गरेको छ । फिजीका प्रधानमन्त्री फ्रैन्क बेनीमारामाले ट्वीट गर्दै फिजीलाई कोरोना भाइरस मुक्त भएको घोषणा गरेका हुन् ।

उनले फिजीको अन्तिम कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएको र ४५ औं दिनसम्म एकजना पनि नयाँ संक्रमित फेला नपरेकोले फिजीलाई कोरोना भाइरस मुक्त मुलुक घोषणा गरेको बताए ।

फिजीमा कोरोना भाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन भने १८ जना मात्रै संक्रमित भएको र सबै स्वस्थ भएर घर फर्किसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय