scheduleशनिवार श्रावण २४ गते, २०७७

अनन्या पाण्डेको लाखौं सिताराजडित यो ड्रेसको मूल्य छ यति


एजेन्सी, २४ जेठ । बलिउडमा अनन्या पाण्डे नयाँ अनुहार हुन् तर उनको फ्यान फ्लोविङ भने कुनै स्थापित कलाकारको भन्दा कम छैन ।

आफ्नो सौन्दर्यताको साथै स्टाइल सेन्सका लागि अनन्या बलिउडमा सधै चर्चामा रहने गर्छिन् । क्याजुअल लुक्समा त अनन्या सधै राम्री देखिन्छिन् तर रेड कार्पेटमा भने उनको लुक्सको तारिफ गर्नसक्नु जोकोहीँको क्षमताभन्दा बाहिरको कुरा हो ।

यसबीच अनन्याले केही समय अघि एउटा चम्किलो ड्रेसमा खिचेको एउटा तस्विर शेयर गरेकी थिइन् । उनको उक्त ड्रेसको मूल्यले जोकोहीँलाई पनि आश्चर्य चकित बनाउन सक्छ ।

निलो रंगको उक्त चम्किलो ड्रेसमा लाखौं सितारा जडीहरु भरिएको थियो । त्यसलाई म्याच गर्ने चम्किलो स्याण्डल पनि उनले लगाएकी थिइन् । साथमा ग्लिटरिङ मेकअपको साथमा उनले आफ्नो गेटअपलाई पुरा गरेकी थिइन् ।

उनले लगाएको उक्त ड्रेस लण्डनको चर्चित ब्राण्ड हलप्रेन स्टुडियोको थियो । त्यसको मूल्य ३६ सय अमेरिकी डलर अर्थात् २ लाख ७० हजार भारतीय रुपैयाँ थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय