scheduleसोमवार श्रावण २६ गते, २०७७

ह्वाट्सएपबाट दिक्क भए प्रयोग गर्नुहोस् टेलिग्राम एप, यस्ता छन् आकर्षक फिचर


एजेन्सी, २४ जेठ । सुरक्षाको विषयमा इन्स्ट्यान्ट मल्टीमिडिया म्यासेजिङ एप टेलिग्राम र ह्वाट्सएपको बीचमा धेरै अगाडिदेखि लडाई चलिरहेको छ ।

त्यसो त टेलिग्रामको तुलनामा ह्वाट्सएपको प्रयोगकर्ता सधै छन् । तर कोभिड १९ को संक्रमण फैलिएसँगै टेलिग्रामको प्रयोगकर्ता संख्या एकाएक बढ्न थालेको छ ।
यसको मूख्य कारण भनेको विश्वभरीका देशहरुले संक्रमण समबन्धि जानकारीहरु सबै भन्दा पहिले इन्स्टाग्रामलाई नै दिन सुरु गरेको थियो । यद्यपी पछि फेसबुक र ह्वाट्सएपमा पनि ती जानकारीहरु दिन थालियो ।

तर पछिल्लो समय टेलिग्रामले धेरै नयाँ अपडेटहरु जारी गरेको छ । कम्पनीले भिडियो एडिटिङ, च्याट फोल्डर र फास्ट मिडिया भ्यू जस्ता धेरै फिचरहरु जारी गरेको छ । टेलिग्रामको नयाँ अपडेटमा तपाईले एनिमेटेड स्टिकर्स र ट्रेण्डिङ जि फाइल पनि पाउन सक्नुहुन्छ । नयाँ अपडेटमा पाइने सबैभन्दा ठूलो फाइदा भनेको अब प्रयोगकर्ताहरुले भिडियोको बेसिक एडिटिङ पनि गर्न सक्नेछन् ।

नयाँ अपडेटपछि भिडियो क्वालिटीलाई पनि मिलाउन सकिन्छ । यसबाहेक प्रयोगकर्ताले फोटो एडिटिङको समयमा पनि एनिमेटेड स्टिकर्सको प्रयोग गर्न सक्छन् । टेलिग्राम ६.० भर्सनमा च्याट फोल्डर पाउन सकिन्छ जहा तपाईले आफ्नो च्यानलाई हटाउन सक्नुहुन्छ । च्याट फोल्डरका लागि तपाईले पपअप मेनु पनि पाउन सक्नुहुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय