scheduleआइतवार आषाढ़ २८ गते, २०७७

शनिबार थपिए १७ जना संक्रमित, गण्डकी प्रदेशमा ७५ संक्रमित

पोखरा, २४ जेठ । गण्डकी प्रदेशमा शनिबार थप १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले पुष्टि गरेका छन् ।

यो सँगै गण्डकीमा संक्रमितको कुल संख्या ७५ पुगेको छ ।  कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा गरि १७ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

शनिबार कोरोना पुष्टि हुने १७ संक्रमितमध्ये  वालिङ नगरपालिकाका १६, १९, ३२, २५, ३२, ४४, ५२ र ५४ वर्ष उमेर समुहका र हरिनास गाउँँपालिकाका १८ र ४० वर्षिय दुई पुरुष रहेका छन् । बागलुङको ताराखोलामा ३९ वर्षिय एक पुरुष रहेका छन् ।

कास्कीमा पनि ३ नयाँ संक्रमित भेटिएका छन् । कास्कीको रुपा गाउँपालिका २३ र ३२ वर्षिय दुई पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षिय तीन पुरुषमा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिकाका एक पुरुषमा शुक्रबार मात्रै कोरोना पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय