scheduleबिहिवार आषाढ़ २५ गते, २०७७

चौथो चरणको लकडाउन सकिँदा पनि भारतमा कोरोना संक्रमण तीव्र

नयाँ दिल्ली, २४ जेठ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ३६ हजार १ सय ८४ पुगेको छ । लकडाउन-४ सकिँदासम्म पनि संक्रमितको संख्या तीव्र दरमा उकालो लागिरहेको छ । बितेको एक हप्तामा ६१ हजारभन्दा धेरै संक्रमित भेटीएका छन् ।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ६४९ पुगेको छ । १ लाख १३ हजार २३३ जना निको भइसकेका छन् भने १ लाख १६ हजार ३०२ जना अस्पतालमा छन् । यीमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ ।

दिल्लीका ठूला अस्पतालका मेडिकल विज्ञहरुका अनुसार अहिले अवस्था नियन्त्रणभन्दा बाहिर छ । ठूला ठूला मल र मन्दिरहरु ८ जुनदेखि बन्द छन् । उनीहरुले लकडाउन पुनः बढाउनुपर्ने तर्क गर्न थालेका छन् ।

बितेको ३ दिनमा भारतमा ९ हजारभन्दा बढी बिरामी भेटिएका छन् । भारत अब अमेरिका, ब्राजिल, रुस, ब्रिटेन र स्पेनपछि सबैभन्दा बढी संक्रमित हुने मुलुक बनेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय