scheduleआइतवार आषाढ़ २८ गते, २०७७

कस्तो रहला शनिबारको माैसम ? यस्तो छ महाशाखाको पुर्वानुमान

काठमाडाैं, २४ जेठ । शनिबार  दिनभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो नै पानी पर्ने भएको हो । अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएकोले पानी परिरहेको महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार आज दिउँसो एकैछिन रोकिए पनि फेरी पानी पर्न सुरु हुने र बेलुकापछि भने पानी पर्न रोकिने छ । आइतबारदेखि स्थानीय वायुको कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी नपर्ने सम्भावना रहेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय