scheduleसोमवार आषाढ़ २९ गते, २०७७

विश्वभर कोभिड-१९ : पछिल्लो २४ घण्टामा ४ हजार ८९३ को मृत्यु

काठमाडौं, २४ जेठ । विश्वमा कोरोना संक्रमणले पछिल्लो २४ घण्टामा ४ हजार ८९३ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा १ हजार १ को मृत्यु भएको छ ।

यस्तै, अमेरिकामा ९६९, मेक्सिकोमा ८१६, भारतमा २८६, बेलायतमा ३५७ तथा रुसमा १४४ जनाको ज्यान गुमेको छ । यसबाट विश्वभर  ३ लाख ९८ हजार जनाको ज्यान गइसकेको छ ।

वर्ल्डओमिटरका अनुसार ६८ लाख २६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएकोमा ३३ लाख १२ हजारभन्दा धेरै निको भएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा १९ लाख ५३ हजार जनामा सङ्क्रमण देखिएकोमा १ लाख ११ हजार ४ सय जनाको ज्यान गएको छ, ७ लाख भन्दा धेरै निको भएका छन् ।

पछिल्लो समय ब्राजिलमा ६ लाख ४५ हजार भन्दा धेरैमा सङ्क्रमण भएकोमा ३५ हजार भन्दा धेरैको ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय