scheduleसोमवार आषाढ़ २९ गते, २०७७

मास्क लगाउनेबारे डब्लुएचओले जारी गर्‍यो नयाँ दिशानिर्देश

काठमाडाैं, २४ जेठ ।  विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्लुएचओले अहिले भने सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा मास्क लगाउन भनेको हो ।

सार्वजनिक यातायात, बजार, शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्लुएचओले सल्लाह दिएको छ । यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन् ।

डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेका छन् ।

डब्लुयूएचओको परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमणबाट जोगिन मास्क लगाउनुपर्ने उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय