scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

पछिल्लो २४ घण्टामा भारतमा ९८८७ संक्रमित भेटिए, २९४ को मृत्यू

नयाँ दिल्ली, २४ जेठ । भारतको केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८८७ जना संक्रमित भेटिएका छन् । त्यस्तै २९४ जनाको मृत्यू भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको छ । अहिलेसम्म १ लाख १५ हजार ९४२ जना बिरामी छन् भने १ लाख १४ हजार ०७३ जना निको भएका छन् ।

शनिबारसम्म त्यहाँ ६ हजार ६४२ जनाको मृत्यू भइसकेको छ ।

एयर इन्डियाका अनुसार विदेशबाट भारत उद्धार गर्ने तेस्रो चरणका लागि अमेरिका, क्यानडा र युरोपका छानिएका देशबाट शुक्रबार पाँच बजेबाट टिकट बिक्री सुरु भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय