scheduleसोमवार आश्विन १२ गते, २०७७

बेलझुण्डीबाट १० कोरोना संक्रमित निको भएर घर फर्किए, मुख्यमन्त्रीको बधाई

दाङ, २५ जेठ । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बधाई भएकाहरुलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बधाई दिएका छन् ।

डिस्चार्ज हुनेमा दाङका दुई, बाँकेका पाँच, कपिलवस्तुका दुई र बर्दियाका एकजना रहेका छन् । उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको अस्पतालका ब्यवस्थापन दोर्ण वलीले जानकारी दिए ।

दाङका दुईमध्ये घोराहीका एक र र गढवाका एकजना रहेका छन् । दाङका एक, बाँकेका दुई, कपिलबस्तुका एक र बर्दियाका एकजनाको तेस्रो रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिएको हो ।

अन्य पाँचजनामा अहिलेसम्म कोरोनाको लक्षण नै न नभएपछि डिस्चार्ज गरिएको वलीले जानकारी दिए । उपचारमा राखिएको २०/२२ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि सरकारले गरेको परिपत्रका आधारमा डिस्चार्ज गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ केशको आइसोलेसन व्यबस्थापन सम्बन्धि निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्ने भनी उल्लेख छ । अब अस्पतालमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय