scheduleबुधवार आश्विन ६ गते, २०७८

इरफान खानलाई छोरीले अनस्क्रिन यसरी याद गरिन्

एजेन्सी, २७ जेठ । अभिनेता इरफान खानको निधन भएको एक महिना भन्दा धेरै भइसकेको छ । तर उनका प्रशंसकहरुभित्र लागेको उनीसँगको बिछोडको घाउमा अझै खाटा बस्न सकेको छैन ।

यसबीच इरफानसँग काम फिल्ममा काम गरकी अभिनेत्री राधिका मदानले उनलाई सम्झदैँ एउटा पोस्ट शेयर गरेकी छिन् ।

फिल्म ‘अंग्रेजी मिडियम’ मा इरफानको छोरीको भूमिकामा देखिएकी राधिका मदानले सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरिन् जसमा इरफानले उनलाई अंगालो हालेका छन् । तस्विरमा बुवा छोरी बीचको प्रेम देखाइएको छ ।

तस्विरको साथमा राधिकाले लेखेकी छिन्, ‘तेरी लड्की मैं’ । यो गीत फिल्म ‘अंग्रेजी मिडियम’ कै हो । यसमा करिना कपूरको अभिनय छ ।
इरफानको गत २९ अप्रिलमा क्यान्सर रोगका कारण निधन भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय