scheduleमगलवार श्रावण २० गते, २०७७

छुट्टाछुट्टै ठाउँमा बसेर अब आइफोनबाट ग्रुप सेल्फी लिन सकिन्छ


एजेन्सी, २७ जेठ । अब तपाईले सामाजिक दूरी कायम गरेर नै साथीहरुसँग ग्रुप सेल्फी लिन सक्नुहुन्छ । एप्पल कम्पनीले हालै एउटा यस्तो सफ्टवेयरको प्याटेन्ट अधिकार लिएको छ जसबाट तपाईले विश्वको जुनसुकै कुनामा रहेर पनि अर्को आफ्ना साथीहरुसँग ग्रुप सेल्फी लिनसक्नुहुन्छ ।

सामान्य रुपमा ग्रुप सेल्फी लिन सबैजना एकसाथ हुनुपर्छ । तर यो सफ्टवेयर प्रयोग गर्दा भिन्न भिन्न ठाउँमा रहेका साथीहरुले पनि ग्रुप सेल्फी लिन सक्छन् । एप्पलको यो सफ्टवेयरलाई सेन्थेटिक ग्रुप सेल्फी नाम दिइएको छ ।

सेन्थेटिक ग्रुप सेल्फीमा फरक फरक सेल्फी तस्विरलाई एकै ठाउँमा ल्याएर एकै फ्रेमभित्र समायोजन गरिन्छ । यसबाहेक प्रयोगकर्ताहरुले उक्त फ्रेमभित्र आफ्नो स्थानलाई पनि परिवर्तन गर्न सक्छन् ।

यसका लागि सबैजनाले आफ्नो एक्ला एक्लै सेल्फी तस्विर लिनुपर्छ । त्यसपछि आफ्नो ब्याकग्राउण्डलाई हटाउनुपर्छ । सफ्टवेयरले ब्याकग्राउण्ड नभएका सबै तस्विरहरुलाई एकै ठाउँमा ल्याएर ग्रुप सेल्फीमा परिणत गर्दछ । लकडाउनको समयमा सोसल डिस्ट्यान्सिङको पालना गरिरहँदा आइफोनको यो फिचर निकै प्रभावकारी हुने देखिएको छ ।

तर आइफोन प्रयोगकर्ताका लागि यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने कुरा स्पष्ट भएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय