scheduleबुधवार बैशाख २९ गते, २०७८

लकडाउनको मोडालिटी आएपछि परीक्षाबारे निर्णय हुन्छः शिक्षामन्त्री पोखरेल


काठमाडौं, २७ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटी आएपछि एसईईलगायत परीक्षा कहिले गर्ने टुंगो लाग्ने बताएका छन् ।

प्रतिनिधिसभा संसद बैठकमा मंगलबार मन्त्रालयमाथि बिनियोजीत बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासामा केन्द्रीत रहेर जवाफ दिएका शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा परीक्षाहरूबारे निर्णयमा पुग्ने बताए । एसईई, कक्षा ११ र १२ तथा विभिन्न विश्वविद्यालय अन्तर्गतका परीक्षाका सन्दर्भमा मन्त्रालयले बन्दाबन्दीको मोडालिटी आएपछि व्यवस्थित धारणा बनाएर अघि बढ्ने उनले बताए ।

एसईईबारे तीन विकल्पमा छलफल भइरहेको पनि मन्त्री पोखरेलले संसदमा जानकारी गराए । उनले भने, ‘एसईईबारे तीनवटा विकल्पमा छलफल भइरहेको छ। पहिलो खारेज गर्ने, दोस्रो अघिल्ला परिक्षाका आधारमा विद्यालयमै व्यवस्थापन गर्ने र तेस्रो राष्ट्रिय परिक्षा बोर्डले प्रमाणित गरिदिने विषयमा छलफल गरिरहेका छौं।’ उनले एसईईका विषयमा कानुनी जटिलता रहेकोसमेत बताए।

उनले सबै परीक्षाबारेमा सरकारले समाधान धारणा बनाउने कोसिस गरिरहेको पनि जानकारी दिए।

त्यस्तै विद्यालय तह, स्नातक र स्तनातकोत्तरलगायतका सबै तहका अन्तिम वर्ष र सेमेस्टारका परीक्षा केही समय कुरेर भए पनि उपयुक्त समयमा गर्ने उनले बताए । त्यस्तै, उनले वैकल्पिक रुपबाट शिक्षा सिकाई निर्देशिका जारी गरिएको र परिवेशअनुकूल हुने गरी सिकाइ हुने गरी गृहकार्य भइरहेको पनि बताए ।

उनले संविधानमा शिक्षा मौलिक हकमा समावेश गरिएकाले शिक्षाको दायित्व राज्यको भएको तथा पहिलो पटक समाजवादोन्मुख शिक्षा नीति जारी भएकाले सार्वजनिक विद्यालयको रुपान्तरणका लागि बजेट केही वृद्धि भएको र वैकल्पिक, प्राविधिक, विशिष्टीकृत तथा खुला शिक्षाको विकास भइरहेको स्पष्ट पारे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय