scheduleबिहिवारफाल्गुन २० गते, २०७७

नेपाली भूभाग फिर्ता भएपछि प्रशासनिक कार्य अगाडि बढाउँछौंः परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो)

काठमाडौं, २७ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरा भूभाग फिर्ता भएसँगै सो क्षेत्रमा प्रशासनिक कार्यहरुलाई अघि बढाइने स्पष्ट पारेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयमाथिको बजेटमा सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपालको भूमि फिर्ताका लागि वार्ता आह्वान भइरहेको भन्दै भूभाग फिर्ता भएसँगै सो क्षेत्रमा प्रशासनिक कार्यहरुलाई अघि बढाइने स्पष्ट पारेका छन् ।

अतिक्रमित भूमिको विवाद सुल्झाउन भारतलाई वार्तामा राख्न निरन्तर ताकेता गरिरहेको उनले जानकारी दिए । त्यस्तै उनले नक्साबारे टिप्पणी गर्दा आफ्नै मर्यादालाई ख्याल गर्न सांसदहरुलाई सुझाव दिए ।

सरकारले दार्चुलादेखि टिङ्करसम्म नेपाली भुभाग भएरै सडक निर्माण कार्य सुरु गरिसकेको जानकारी दिदै उनले अब नेपालीलाई आफ्नै भूभाग आउन भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरे ।

उनले नेपाल भारत सीमानामा रहेका सीमा स्तम्भको निर्माण, पुनर्स्थापना र मर्मतका साथै दशगजा अतिक्रमण र क्रसबोर्डर होल्डिङको लगत तयार गर्नेजस्ता प्राबिधिक काम भइरहेको जानकारी दिए । उनले अहिले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुमधुर भइरहेको पनि बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay