scheduleबुधवार श्रावण २१ गते, २०७७

जहाँ कोरोना महामारीमा पनि देशको आर्थिक वृद्धिदर ५१ प्रतिशत हुनेछ, यस्तो छ कारण


एजेन्सी, २८ जेठ । अहिले संसार नै कोरोना भाइरसको महामारीका कारण प्रताडित छ । यसले अर्थतन्त्रलाई त थप डामाडोल बनाएको छ ।

संसारले आर्थिक मन्दी झेलिरहेको बेला एक क्यारेबियन देश गुयाना भने कोरोनाको असरबाट मुक्त छ ।

विश्व बैंकको ग्लोबल इकोनोमिक प्रोस्पेक्टस रिपोर्टले गरेको अनुमानअनुसार २०२०-२१ मा गुयानामा ५१.१ प्रतिशतको दरमा विकास हुनेछ । यसको प्रमुख कारण यहाँ उत्पादन सुरु गरिएको तेलको कारण हो ।

विश्व बैंकको रिपोर्टअनुसार इजिप्ट, बेनिन, इथियोपिया र युगाण्डा जस्ता देशमा ३ देखि ३.२ प्रतिशतको दरमा आर्थिक वृद्धिदर हुनसक्छ । यसका साथै भियतनाममा २.८ प्रतिशतले अर्थतन्त्र बढ्न सक्छ ।

उक्त रिपोर्टका अनुसार, बंगलादेशमा १.६ प्रतिशत, म्यानमारमा १.५ प्रतिशत, नेपालमा १.८ प्रतिशत र भुटानमा १.६ प्रतिशतको दरमा आर्थिक वृद्धिदर हासिल हुन सक्छ ।

उता चीनमा भने २०२० मा १ प्रतिशतको नकरात्मक वृद्धि हुने रिपोर्टमा अनुमान गरिएको छ । भारतमा भने आर्थिक वृद्धिदर ३.२ प्रतिशतसम्म खुम्चने आंकलन गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय