scheduleबुधवार श्रावण २८ गते, २०७७

माहिरा खानले यसरी बन्द गरिन् ट्रोलर्सको बोली

एजेन्सी, २९ जेठ । पाकिस्तानी अभिनेत्री माहिरा खान सामाजिक सञ्जालमा अत्यधिक सक्रिय छिन् । आफ्नो तस्विर र पोस्टका कारण उनी चर्चामा रहने गर्छिन् । यसपटक पनि यस्तै भएको छ ।

तर यसपटक माहिराको पोस्ट ट्रोलर्सहरुको निशानामा परेको छ । तर अभिनेत्री माहिरा पनि के कम उनले पनि ट्रोलर्सहरुलाई पुग्ने गरी जवाफ दिएकी छिन् ।

माहिराले आफ्नो आधिकारिक इन्स्टाग्राममा चियाले भरिएको एउटा कपको तस्विर शेयर गरेकी थिइन् । तस्विरको क्याप्सनमा माहिराले लेखेकी थिइन्, ‘त्यसो त म सौन्दर्यपरस्त छैन तर निश्चय पनि चियाको मामिलामा म अनुहार र सौन्दर्यता हेर्छु ।’

माहिराको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भयो । उनको सो पोस्टमा विभिन्न किसिमका प्रतिक्रियाहरु आए । यसबीच उनको एकजना फ्यानले उनलाई इस्लाम मुलुकमा बसेर त्यस्तो पोस्ट गर्ने भन्दै लाज राख्न आलोचनात्मक प्रतिक्रिया दिए ।

रमाइलो ढंगले जवाफ फर्काउँदै माहिराले ती फ्यानको बोली बन्द गरिदिएकी छिन् ।

उनले जवाफमा लेखेकी छिन्, ‘ हाहाहाहाहा । यो पहिलोपटक हो । चियाको पोस्टमा पनि कसरी बेशर्म भयो र ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय