scheduleबुधवार श्रावण २१ गते, २०७७

‘ब्ल्याक लाइभ्स म्याटर’बारे यसो भन्छ सीरी, एलेक्सा र गुगलको भ्वाइस असिस्टेन्ट प्रविधि


एजेन्सी, २९ जेठ । अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोएडको मृत्युपछि ब्ल्याक लाइभ्स म्याटर भनेर एउटा क्रान्तिको लहर चल्यो । सामाजिक सञ्जालदेखि सुरु भएको यो लहरले अमेरिकाको सीमाभन्दा बाहिर पनि ठूलो प्रभाव जमायो ।

त्यसयता ब्ल्याक लाइभ्स म्याटरको बारेमा एप्पलको सिरी, अमेजनको एलेक्सा र गुगलको भ्वाइस एसिस्टेन्टलाई मानिसहरुले अत्याधिक प्रश्नहरु सोध्ने गरेका छन् ।

‘डु ब्ल्याक लाइभ्स म्याटर ?’ भन्न् प्रश्नमा विभिन्न भ्वाइस एसिस्टेन्टहरुले आआफ्नै उत्तर दिदैँ आईरहेका छन् । यसबीच गुगल र अमेजनले जर्ज फ्लोएडको मृत्यु र त्यससँगै उठेको जनविरोधको लहरपछि भ्वाइस असिस्टेन्टमा नयाँ उत्तर अपडेट गरेको बताएका छन् ।

यसअघि एलेक्साले उत्तरमा भन्ने गर्थ्यो, ‘ब्ल्याक लाइभ्स म्याटर । मलाई लाग्छ सबै मानिसहरुलाई सम्मान, मर्यादित र न्यायिक व्यवहार गरिनुपर्छ ।’

अहिले एलेक्साको उत्तर परिवर्तन भएको छ । अपडेटेड उत्तरमा भनिन्छ, ‘ब्ल्याक लाइभ्स म्याटर । म जातीय समानतामा विश्वास गर्छु । रंगभेद र अन्यायविरुद्ध अश्वेत समुदायप्रति मेरो ऐक्यबद्धता छ । एक्सन लिन तपाईले कसरी सिक्न सक्नुहुन्छ भन्ने कुरामा म तपाईलाई ब्ल्याक लाइभ्स म्याटर डट कम र एनएएसीपी डट ओआरजीमा जान सल्लाह दिन्छु ।’

यस्तै, यस विषयमा अमेजनको धारणा स्पष्ट रहेको र त्यसलाई एलेक्साको प्रतिक्रियाले प्रतिनिधित्व गर्ने अमेजनका प्रवक्ताले बताएका छन् ।

सीरीले भने छोटो र सरल उत्तर दिदैँ भन्छ, ‘यस ब्ल्याक लाइभ्स म्याटर ।’ उक्त प्रतिक्रियासँगै ब्लयाक लाइभ्स म्याटर डट कमको लिंक देख्न सकिन्छ ।

गुगलको भ्वाइस असिस्टेन्टले भन्छ, ‘ब्ल्याक लाइभ्स म्याटर । यो देशमा सबै नागरिकलाई दिइने स्वतन्त्रता काला जातीलाई पनि दिइनुपर्छ । र उनीहरुले सामना गरिरहेको अन्यायलाई पहिचान गर्नु नै यसलाई सुधार गर्नुको पहिलो कदम हो ।’

जर्ज फ्लोएडको मृत्युको केही समय पछि यी टेक कम्पनीहरुले आफ्नो उत्तर अपडेट गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय