scheduleबुधवार श्रावण २८ गते, २०७७

दुबई अलपत्र नेपाली युवाहरु भन्छन्- संकटमा काम नलाग्ने सरकार के काम ! हाम्रो उद्धार गर (भिडियोसहित)

काठमाडौं, २९ जेठ । धादिङको सिद्धलेक गाउँपालिका-७ अमिलीछापका गणेश अर्याल अहिले दुबईमा छन् । वैदेशिक रोजगारका लागि त्यहाँ पुगेका उनको रोजगारी गुमेको विहीबार ७१ दिन नाघिसकेको छ ।

अर्यालजस्तै सँगै काम गर्ने अन्य ४०० नेपालीहरुको रोजगारी कम्पनीले कटौती गरिदिएको छ । ‘एकातिर रोगको डर छ, अर्कोतिर रोजगारी गुमेको छ,’ अर्याल भन्छन्, ‘हामी अलपत्र परेका छौं, तत्काल घर फर्कन चाहन्छौं ।’

विदेशमा रहेका नेपालीका लागि आफ्नो देशको राजदूतावाससँग सहयोगको आशा हुनु अस्वभाविक होइन । तर दूतावासले समस्यामा परेका नेपालीको फोन र इमेलको कुनै ‘रेस्पोन्स’ नगरेको अर्याल बताउँछन् ।

‘हिजोमात्र म स्वदेश फर्कनको लागि नाम टिपाउन नेपाली दूतावास गएको थिएँ,’ उनी भन्छन्, ‘दूतावास पुग्दा मन झन आत्तियो । त्यहाँको व्यवहार साह्रै नराम्रो लाग्यो ।’ उनले दूतावासले नेपालीको समस्यालाई इग्नोर गरिरहेको बताए ।

उनले साझापोस्टसँगको कुराकानीमा आफ्ना साथीहरुको समस्या पनि सुनाए । स्वदेश फर्कन चाहने अलपत्र परेका नेपालीहरुको उनको समूहले नाम संकलन गरिरहेको छ । ‘हाम्रो देश छ, हाम्रो सरकार छ भन्ने अनुभूति भएन,’ उनले प्रश्न गरे, ‘जिन्दगीभरी रगत पसिना बगाएर देशमा रेमिट्यान्स पठाएका छौं तर, यस्तो संकटमा पनि सरकार काम लाग्दैन भने यसको अर्थ र भूमिका के रह्यो र ?’

युवाहरुले सरकारले तोकेको भाडादरको पनि आलोचना गरेका छन् । ‘म यसअघि आउँदा जाँदा नेपाली रुपैयाँ २१ हजार खर्च हुन्थ्यो । अहिले यसलाई बढाएर ६५ हजार पुर्‍याइएको छ । यो भाडादर तिरेर हामी घर आउन सक्ने अवस्था छैन,’ एक युवकले भने ।

स्वदेश फर्कन चाहनेहरुको नामावली-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय