scheduleबुधवार श्रावण २१ गते, २०७७

कोरोना भाइरसका कारण जब प्रधानमन्त्री जेसिण्डाले क्याफेमा टेबल पाइनन् …

एजेन्सी, ३० जेठ । कुनै पनि क्याफेमा खाजाका लागि यति कै छिर्नु जुनसुकै मुलुकको नेताका लागि दुर्लभ कुरा हो । अझ दुर्लभ कुरा त खाली हात फर्कनु हो ।

तर गत शनिबार न्युजियल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आर्डेनको साथ यस्तै भयो । वेलिङटनको एउटा नामी क्याफेमा गत शनिबार प्रधानमन्त्री जेसिण्डा आर्डेन पुगिन् । तर कोरोना भाइरसको कारण सोसल डिस्ट्यान्सिङ लागू भएको क्याफेमा पर्याप्त ठाउँ नभए पनि उनी फर्कर आउनु परेको थियो ।

जोइ नामका एकजना ट्वीटर प्रयोगकर्ताले ट्वीट गर्दै लेखेका छन्, ‘ओएमजी जेसिण्डा आर्डेन ओलिभ क्याफेमा आएकी थिइन् तर क्याफे फूल भएको कारण उनले ठाउँ पाइनन् र उनलाई फर्काइयो ।’

उक्त ट्वीटमाथि विभिन्न किसिमका आश्चर्य जनाउने किसिमका इमोजी रियाक्सनहरु आएका थिए ।

सय जनाको क्षमता भएको उक्त रेस्टुरेन्टमा कोरोना भाइरसको कारण एक मिटरको दूरीमा मानिसहरुलाई बसाईएको थियो । तर करिब १५ मिनेटपछि ठाउँ पर्याप्त नभएको भन्दै क्याफेले उनलाई जानकारी गराएको थियो ।

केही घण्टा पछि जेसिण्डाका पार्टनर क्लार्क गेफोर्डले उक्त घटनाको जिम्मेवारी आफूले लिएको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘यसका लागि मैले जिम्मेवारी लिएको छु । मैले कतै बुक गरिन्, ठाउँ खाली नभएको बेला उनीहरुले हामीलाई निकालेर राम्रो काम गरेका छन् । ए प्लस सेवा ।’

अन्य मुलुकहरुमा नेताहरुले कुनै रेस्टुरेन्ट वा क्याफेमा जान अघि सबै सर्जाम मिलाउन आफ्ना कर्मचारीहरुलाई पठाउने गर्छन् । तर कोरोना भाइरसको लकडाउनको समयमा रेस्टुरेन्ट र क्याफे बाहिर मानिसहरुले आफ्नो पालो कुर्नु सामान्य देखिन्छ । जेसिण्डाको प्रधानमन्त्री कार्यलयका प्रवक्ताले भने, ‘प्रधानमन्त्रीले आफू पनि अरुले जस्तै कुर्ने बताइन् ।’

नाम खुलाउन नचाहेका उक्त क्याफेका सञ्चालकले विगत दुई महिना देखिको तनावपूर्ण अवस्थापछि यस किसिमको आश्चर्य र दुर्लभ घटनाको साक्षी बन्न पाउँदा आफू खुशी भएको बताएका छन् ।

प्रधानमन्त्री जेसिण्डा र उनका पार्टनर गेफोर्डलाई कुनै पनि छूट नदिईएको र रेस्टुरेन्टका म्यानेजरले दुबैलाई फर्काई दिएको सञ्चालकले पुष्टि गरेका छन् ।

तर टेबल खाली भएको केही मिनेटमै होटलका म्यानेजरले प्रधानमन्त्री र उनको पार्टनरलाई फर्काएर ल्याएका थिए ।

‘उनले मिठो परिकारहरु खाइन् र करिब आधा घण्टापछि त्यहाँबाट निस्किइन्,’ होटल सञ्चालकले भने, ‘उनले कर्मचारीहरुसँग राम्रो व्यवहार गरिन् । हामीले पनि उनलाई सामान्य सेवाग्राही जस्तै व्यवहार गर्‍यौं ।’

तर सञ्चालकहरुले जेसिण्डाले के अर्डर गरेकी थिइन् भन्ने कुराको खुलासा गर्न अस्विकार गरे । प्रधामन्त्री दाम्पत्तिसँग उनीहरुकी २३ महिनाकी छोरी निभ भने साथ थिइनन् । त्यो एउटा डेट थियो ।

न्युजिल्याण्डमा हालसम्म १५ सयभन्दा कम मानिसहरु संक्रमित भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय