scheduleमगलवार श्रावण २० गते, २०७७

पाकिस्तानी पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीमाथि यौन उत्पीडनको आरोप


एजेन्सी, ३० जेठ । पाकिस्तानमा पछिल्लो समय ठूलो विवाद विवाद उठेको छ । पाकिस्तानमा बस्दै आएकी एकजना अमेरिकी ब्लगरले पाकिस्तानको विपक्षी दल पिपुल्स पार्टीका धेरैजना नेताहरु माथि यौन उत्पीडन तथा बलात्कारको आरोप लगाएकी छिन् ।

सिन्थिया डी रिची नामकी ती अमेरिकी ब्लगरले जून ५ मा आफ्नो फेसबुक अकाउन्टबाट लाइभ भिडियो गर्दै पाकिस्तान पिपुल्स पार्टीको सरकारमा तत्कालीन गृहमन्त्री पदमा रहेका रहमान मलिकले २०११ मा आफूमाथि बलात्कार गरेको आरोप लगाइन् । साथै ती महिलाले पाकिस्तान पिपुल्स पार्टीका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री यूसुफ रज्जा गिलानीमाथि पनि गम्भीर आरोप लगाएकी छिन् ।

सिन्थियाको अनुसार जब उनी इस्लामाबादमा एवान ए सदर अर्थात् पाकिस्तानी राष्ट्रपतिको निवासमा गिलानीसँग भेटेकी थियन् तब गिलानीले उनीमाथि जबरजस्ती गर्ने प्रयास गरेका थिए ।

यस्तै सिन्थियाले पूर्व स्वास्थमन्त्री शहाबुद्दिनमाथि पनि जबरजस्तीको आरोप लगाएकी छिन् । शहाबुद्दिन पनि पाकिस्तान पिपुल्स पार्टीकै नेता हुन् ।

सिन्थियाले यो विषयमा खोजी पत्रकार विस्तारमा जानकारीहरु साझा गर्न सक्ने बताइन् ।

उनले आफ्नो फेसबुक अकाउन्टबाट एउटा पोस्टमार्फत उक्त घटना २०११ को भएको बताएकी छिन् । राजधानी इस्लामाबादको मिनिस्ट्रियल एनक्लेबभित्र रहेको आन्तरिक तथा गृहमन्त्रीको निवासमा भएको बताएकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय