scheduleशुक्रवार आश्विन ९ गते, २०७७

बुटवलको सडकमा युवाको स्वर- नुन तेल बेसार सकियो सरकार (१३ तस्बिरहरु)

रुपन्देही, ३० जेठ । बुटवलकाे सडकमा सरकारी अकर्मण्यता र असक्षमताको विरोध गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । विभिन्न नारा लेखिएको प्लेकार्डसहित सामाजिक दूरी कायम गरेर युवाहरु सडकमा उत्रिएका हुन् ।

संकटकाे बेला सरकार भ्रस्टाचार र आर्थिक अनियमिततामा लिप्त रहेकाे, काेराेना राेगकाे राेकथाम र नागरिककाे स्वस्थ्यबारे सरकार गम्भीर नभएकाे, लामाे लकडाउनका कारण संकटमा परेका व्यवसायी एवं नागरिकबाट कर असुल्न ताकेता गरेकाे तथा मुलुकमा व्याप्त कुशासन र भ्रस्टाचारविरूद्ध बुटवलका युवाहरू स्वस्फुर्त रूपमा सडकमा उत्रिएका छन् ।

युवाहरूले भाैतिक दुरी कायम राखेर बुटवलकाे मुख्य बजार क्षेत्रकाे सडक किनारामा प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय