विवेकको कुरा हुन्छ
बेलाको बोली (मुक्तक)
देश चलाउन त के, घर चलाउन पनि विवेकको कुरा हुन्छ,
विविधतालाई बुझ्यो भने इन्द्रेनी सोेेन्दर्यमा हरेकको कुरा हुन्छ,
सत्ता र शक्तिमा हुनेले यो सम्झुन् कि- म एक दिन शक्तिबाट झर्नेछु,
सत्तामा हुँदा त सुन्नुपर्ने दुनियाँमा एक एकको कुरा हुन्छ ।