scheduleआइतवारबैशाख ५ गते, २०७८

विश्वकप हुने रंगशाला निर्माणमा खटिएका नेपाली श्रमिकले पनि तलब पाएनन


एजेन्सी, ३१ जेठ । सन् २०२० को कतार विश्वकप फुटबल प्रतियोगिताका लागि निर्माणाधीन रंगशालामा कार्यरत प्रवासी श्रमिकले तलब पाउन सकेका छैनन् । तलब नपाउने मध्ये उल्लेख्य संख्यामा नेपाली मजदूरहरु पनि रहेका छन् । श्रमिकलाई श्रमको ज्याला नदिने कतारको कदमबाट ऊ पुनः विवादमा तानिएको छ ।

मानवअधिकारकर्मीहरुले कतार सरकार र आयोजकलाई तत्काल तलब दिन चेतावनी पनि दिइरहेका छन् । श्रमिकले तलब नपाएको अहिले मात्रै होइन । यसअघि पनि झण्डै १०० कामदारको पारिश्रमिक दिलाउन एमनेस्टी अन्तर्राष्ट्रिय संस्थाले भूमिका खेलेको थियो ।

उक्त संस्थाले यसपटक पनि श्रमिकले तलब नपाएको खुलासा गरेको हो । यसबारे कतार सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेको छैन । झण्डै ६ सय ८५ मिलियन पाउन्ड लगानी गरेर कतारले रंगलाशाला निर्माण गरिरहेको छ ।

तलब नपाउने श्रमिकहरुमा नेपाल, घाना, केन्या र फिलिपिन्सका कामदाहरु रहेका छन् । उनीहरुले झण्डै सात महिनादेखि तलब नपाएको एमनेस्टीले इन्टरनेसनलले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay