scheduleमगलवार आश्विन ५ गते, २०७८

भारतमा कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, ३२ जेठ । भारतमा कोरोना भाइरसका कारण शनिबारमात्रै ३०९ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ९ हजार १९९ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार शनिबारमात्रै १२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ३ लाख २१ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै १ लाख ६२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेको छ । त्यहाँ जति धेरै कोरोना परीक्षण गर्‍यो, त्यति धेरै संक्रमित भेटिन थालेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय