scheduleसोमवार आश्विन १२ गते, २०७७

विपद् व्यवस्थापनको बैठकमा जाँदा सवारी दुर्घटना, गाउँपालिका अध्यक्ष शर्माको मृत्यू


परासी, ३२ जेठ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा मृत्यु भएको छ । विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन जानेक्रममा भएको दुर्घटनामा परी उनको मृत्यू भएको हो ।

दुर्घटनामा परी गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका-५ का हरिलाल राजभर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपुरका अनुसार गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

उनी आफ्नो गाउँपालिकाबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाँदै थिए । बैठकमा जाँदै गर्दा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

५१ वर्षीय शर्मा नेपाली कांग्रेस पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनको शवलाई पोस्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय