उपत्यका प्रवेशमा थप कडाइ, चाहिने भयो स्थानीय तहको स्वीकृति
काठमाडौं, ३२ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेशमा थप कडाइ गरेको छ।
उपत्यका बाहिरबाट उपत्यकामा प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति लिनुपर्नेछ भने काठमाडौं उपत्यकाबाट बाहिर जान प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्नेछ ।
प्रशासकीय अधिकृत मानबहादुर बुढाले आइतबार निकालेको सूचनामा ‘काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिसहित यात्रा सुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु हुन,’ भनिएको छ ।
काठमाडौंमा भने सवारी पास नचाहिने प्रशासनले जनाएको छ। ‘जिल्लाभित्र जोर/बिजोर प्रणाली लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको सुचनामा जनाइएको छ ।