scheduleशनिवार श्रावण २४ गते, २०७७

जिद्दी बच्चालाई समझदार बनाउन अप्नाउनुहोस् यी उपाय

एजेन्सी । बुवा आमा आफ्नो सन्तानको खुशीका लागि धेरै त्याग गर्छन् । बच्चाहरुको सबै मागलाई पुरा गरिदिन्छन् । यसो गरिरहँदा बच्चाहरु धेरै जिद्दी हुन्छन् । तर बच्चाको जिद्दी स्वभाव कालान्तरमा धेरै नै हानिकारक सावित हुन्छ ।

धेरैले यस्ता स्वभावलाई शान्त पार्न बच्चालाई धम्क्याउने पिट्ने गर्छन् तर यो असल अभ्यास होइन । यस्तो बानीले बच्चाहरु अझ बिग्रिन्छन् ।
यसो गर्दा बच्चाहरुको मनोबल गिर्छ। यसरी बच्चाहरु माथि बल प्रयोग गर्दा उनीहरु केही समयका लागि सुध्रिन्छन् तर दीर्घकालमा उनीहरुको स्वभाव र मस्तिष्कमाथि अझ नकरात्मक असर पर्दछ ।

आज हामी तपाईलाई केही टिप्स दिन्छौं जसको पालना गरेर बच्चालाई बिना मारपिट तपाईले असल र ज्ञानी बनाउन सक्नहुन्छ ।

१. बच्चाको डिमाण्डमा ध्यान नदिनुहोस्

यदि तपाईको बच्चाले आफ्नो शोख र रहरको चिज पुरा गर्न केही कुराको माग गर्छ भने त्यसलाई ध्यान नदिनुहोस् । यस्तो गर्दा बच्चाले सबै कुरा केही क्षणमा आफै भूल्छ र सामान्य व्यवहार गर्न थाल्छ ।

२. बच्चालाई आफ्नो रिसमाथि ठट्टा गर्न नदिनुहोस्
सामान्यतय बच्चाहरुले आफ्नो बुवाआमाको रिसलाई बेवास्ता गरेर ठट्टा बनाउने गर्छन् । यदि बच्चाले यस्तो व्यवहार लगातार दोहोर्याउँछ भने चेतावनी दिनुहोस् ।

३. यो उपाय अप्नाउनुहोस्
यदि तपाईको बच्चा कुन पनि खेलौनाका लागि जिद्दी गरिरहेका छन् भने उनीहरुलाई पुरानो खेलौना ल्याएर दिनुहोस् । यस्तो गरेमा बच्चाले नयाँ खेलौंना भुल्छ । यसले बच्चालाई मित्तव्ययी बन्न सिकाउँछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय