scheduleमगलवार आश्विन ५ गते, २०७८

भारतमा कोरोना भाइरस, एकैदिन ३२१ जनाभन्दा बढी संक्रमितको मृत्यु

काठमाडौँ, १ असार । भारतमा कोरोना भाइरसका कारण आइतबारमात्रै ३२१ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ९ हजार ५२० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार आइतबारमात्रै ११ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ३ लाख ३३ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै १ लाख ६९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेको छ । कोरोना संक्रमित संख्या बढ्दै गएपछि दिल्ली सरकारले नयाँ कार्य योजना तयार पार्न लागेको बताइएको छ । लकडाउन कडा गर्ने वा अन्य योजना तयार पार्नेबारे छलफल चलिरहेको बताइएको छ । नेशनल टाक्स फोर्सले दिल्लीको समुदायमा कोरोना फैलिइसकेको रिपोर्ट केन्द्र सरकारलाई बुझाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय