scheduleसोमवार आश्विन १२ गते, २०७७

प्रदेश ५ : ३६ अर्ब ३५ करोडको बजेट (पूर्णपाठ)

दाङ, १ असार । प्रदेश ५ ले आगामी आर्थिक बर्षका लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ ।

सोमबार सो प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजनिक गरेको हो । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार , पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरेको हो ।

बजेटमध्ये आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख उठाइने बताइएको छ । त्यस्तै सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट  २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।

प्रदेशसभा बैठकमा प्रदेशका मुख्यमन्त्री समेत रहेका तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र र रोजगारी प्रवद्र्धनमा बजेटलाई केन्द्रित गरेको बताए ।

अघिल्लो वर्ष प्रदेश ५ ले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको थियो ।

यस्तो छ बजेट-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय