scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

‘बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर’

काठमाडाैं, १ असार । नेपाली काँग्रेसले कैलालीको एक क्वारेन्टिनमा भएको बलात्कारको घटना अत्यन्तै निन्दनीय र गम्भीर भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरेको छ ।

क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत कैलालीको घटनामा दोषीलाई कानूनी कारवाही सँगसँगै क्वारेन्टिनको बेथिति झल्किएको बताए ।

मापदण्डविपरीतका अव्यवस्थित क्वारेन्टिन कोरोना सङ्क्रमण विस्तारको केन्द्र बन्दै गएकाले देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेको उनले बताए ।

बलात्कारमा घटनामा सामेललाई कानूनी कारवाहीसँगै यो घटनाको गम्भीर समीक्षा गरी राज्यको जिम्मेवार पदमा रहेर गैरजिम्मेवार बन्नेलाई कारवाही गर्न काँग्रेसले माग गरेको छ ।

क्वारेन्टिनका बेथितिसमेतविरुद्ध दबाब दिन काँग्रेसले भोलि असार २ गते स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay