scheduleमगलवार आश्विन ५ गते, २०७८

भारतमा कोरोना भाइरस, एकैदिन ३९५ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाए

काठमाडौँ, २ असार । भारतमा कोरोना भाइरसका कारण सोमबारमात्रै ३९५ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ९ हजार ९१५ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार सोमबारमात्रै १० हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ३ लाख ४३ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै १ लाख ८० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफु नरहेको बताए ।

“आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरी लकडाउन लम्याउने मेरो योजना छैन,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा पनि यही बारेमा छलफल भएको थियो । केन्द्रीय राजधानी समेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आद्मी पार्टी (आप) का सांसद संजय सिंह पनि सहभागी भएका थिए । बैठकमा विरामीहरुका लागि शैया संख्या बढाउने बारेमा पनि छलफल भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय