scheduleबुधवार श्रावण २८ गते, २०७७

कोभिड-१९ बाट बच्नका लागि मानव ‘एन्टीबडी’को खोज

वासिङ्गटन, २ असार । वैज्ञानिकहरुले कोभिड-१९ संक्रमणबाट निको भएका मानिसको रगतबाट एन्टिबडीको खोज गरेका छन् । यसको पशु र मानव कोशिकाहरुमा परीक्षण गर्दा यसले कोरोनाबाट बच्न मद्दत पुग्ने प्रमाणित भएको छ ।

अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटका अनुसन्धाताहरुका अनुसार कोभिड-१९ का बिरामीलाई सैद्धान्तिकरुपमा रोगको सुरुवाती चरणमा एन्टिबडी इन्जेक्सन लगाउनुपर्छ । यसले गर्दा बिरामीको शरीरमा भाइरसको स्तर कम गर्दै बिरामीलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न सकिन्छ ।

अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘यो एन्टिबडीको उपयोग ती स्वास्थ्य कार्यकर्ता र अन्य मानिसलाई सार्स-कोव-२ को संक्रमणबाट बचाउनका लागि अस्थायी रुपमा सुरक्षा प्रदान गर्नका लागि धेरै उपयोगी हुनसक्छ ।’

विज्ञानसँग सम्बन्धित पत्रिका ‘साइन्स’मा सोमबार प्रकाशित यो अनुसन्धानले कोरोनाको घातक भाइरसबाट तत्काल बच्नका लागि बाटो देखाउँछ । शोधको क्रममा सामान्यदेखि गम्भीररुपमा कोरोना भाइरसबाट संक्रमित भएर ठिक भएका मानिसको रगतमाथि अनुसन्धान गरिएको थियो । यसपछि उनीहरुले एसीई२ नामक परीक्षण कोशिकाहरु विकसित गरे, जसको प्रयोग गरेर सार्स-कोव-२ मानव कोशिकामा प्रवेश गर्दद्ध ।

प्रारम्भिक परीक्षणको क्रममा वैज्ञानिकहरुको समूहले बिरामीको एन्टीबडीयुक्त रगत भाइरसको प्रभाव कम गरेर त्यसलाई परीक्षण कोशिकाहरुलाई संक्रमित गर्नबाट रोक्न सक्छ कि सक्दैन भन्ने परीक्षण गरेका थिए ।

स्क्रिप्स रिसर्च इन्स्टिच्युटका डेनिस बर्टनले भने, ‘यो शक्तिशाली एन्टिबडी महामारीको विरुद्ध तीव्र प्रतिक्रिया दिन अत्यधिक सफल साबित हुनसक्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय