scheduleबुधवार श्रावण २१ गते, २०७७

अब ह्वाट्सएपबाट डिजिटल भुक्तानी सेवा, फोटो आदानप्रदान जत्तिकै सहज कारोबार

एजेन्सी, ३ असार । विश्वमा सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपको आफ्नै डिजिटल भुक्तानी सेवा सार्वजनिक भएको छ । फेसबुकका सीईओ मार्क जुकरवर्गले ब्राजिलमा उक्त सेवा सार्वजनिक भएको आफ्नो फेसबुक पोस्टमार्फत जानकारी दिएका हुन् ।

साना व्यवसायलाई सहयोग गर्ने उद्देश्यले पैसा पठाउने र प्राप्त गर्ने विधिलाई फोटो आदान प्रदान जतिकै सहज र छिटो बनाउन लागेको जुकरबर्गले बताएका छन् ।

साना व्यवसायीहरुलाई ह्वाट्सएपको माध्यमबाट खरिद बिक्री सुविधा चाँढै नै दिन लागेको उनले जानकारी दिए ।

ह्वाट्सएप भुक्तानीका लागि ब्राजिलका स्थानीय बैंकहरुसँग सम्झौता गरिसकिएको उनले बताए । फेसबुकले विश्वमै पहिलोपटक ब्राजिलमा ह्वाट्सएपको भुक्तानी सेवा सार्वजनिक गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय