scheduleमगलवार आश्विन ५ गते, २०७८

भारतमा कोरोना कहर, एकैदिन २ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, ३ असार । भारतमा कोरोना भाइरसका कारण मंगलबारमात्रै २ हजार ६ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । यो हालसम्मकै सबैभन्दा धेरै संक्रमितले ज्यान गुमाएको दिन हो । पछिल्लो समय भारतमा कोरोना संक्रमण नियन्त्रणबाहिर गएको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण हालसम्म भारतमा ११ हजार ९२१ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार सोमबारमात्रै ११ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ३ लाख ५४ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै १ लाख ८७ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय