scheduleसोमवार आश्विन १२ गते, २०७७

१८ नयाँ संक्रमित थपिएसँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो

प्यूठान, ३ असार । प्यूठानमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार नयाँ संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या ७३ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका अनुसार भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौमा बुधबार गरिएको परीक्षणमा प्यूठानका १८ जनामा कोरोना संक्रमण पुष्टि कार्यालयले जनाएको छ । यसअघि जिल्लामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।

बुधबार पुष्टि भएका संक्रमित सबै २२ देखि ४४ वर्षका पुरुष रहेका छन् । संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्यूठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरुलाई स्थानीय आइसोलेसन सेन्टरमा राखिएको छ । प्यूठानबाट परीक्षणका लागि पठाइएको ५४० स्वाबको पिसिआर परीक्षण नतिजा प्राप्त भइसकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय